- हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ ।
हेटौंडा : मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राजा पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रुपमा इतिहासकारहरुले व्याख्या गरेका छन् ।
हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गासिएको र हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिएको इतिहासमा उल्लेख छ ।
नेपाल एकीकरणका बेला मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चलाखीपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । उनले बिवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेको बताइन्छ । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी यतिबेला पर्यटकहरुको रोजाइमा छ ।
मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू जीर्णोद्धार गरेर चिरिच्याट्ट पारेपछि उक्त ठाउँको महत्व झल्किएको छ । अग्लो डाँडामा रहेको गढीबाट अवलोकन गर्न सकिने प्राकृतिक दृश्यहरु पर्यटकलाई लोभ्याउने गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेटेको उक्त गढीमा ऐतिहासिक पक्षको अध्ययन र अनुसन्धान गर्न विशेषगरी विद्यार्थीहरु पुग्ने गरेका छन् ।
काठमाडौं, चितवन, मकवानपुर र तराइका विद्यार्थीहरु अध्ययन भ्रमण र पिकनिकमा रमाउन गढीमा उक्लने गरेका छन् । ऐतिहासिक महत्त्व, मनमोहक दृश्य र पुराना किंवदन्तीले यहाँ पुग्ने जो कोही लोभिने गरेका छन् ।
करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो मानिन्छ । करीव अढाइ सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार पृथ्वीनारायण शाहको ससुराली घर भनेर चिन्ने गरिन्छ ।
सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा रहेको यस स्थानमा ठूला–साना गरी करीब दुईसय गढी छन् । काठमाडौंको कान्तिलोकपथबाट हुँदै काठमाडौं–ठिगन–हेटौँडा ६८ किमि ३ घन्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’